
परासी।नवलपरासी सेवा समाज युएइले वर्दघाट नगरपालिका वडा नम्वर २ निवासी तुल्सी वस्याललाई आर्थिक सहयोग गरेको छ।
शारिरिक असक्त तथा आर्थिक अवस्था नाजुक रहेका बस्याललाई नगद रु ३१ हजार रुपैया सहयोग गरको नवलपरासी सेवा समाज युएयका प्रचार प्रसार विभाग प्रमुख मनोजराज पाण्डेले जानकारी दिए।
नवलपरासी सेवा समाज युएइका संस्थापक अध्यक्ष मित्रलाल पाण्डेको अध्यक्षता तथा लुम्विनी प्रदेश सिटिभिटि प्रशिक्षक विमल ढकालको प्रमुख आतिथ्यतामा वस्याललाई आर्थिक सहयोग गरेको हो।सो अवसरमा नवलरासी सेवा समाज युएइका आजिवन सदस्य दयाराम डुम्रे,कृष्ण वस्याल,गंगा वस्याल, युवराज पुन लगाएतको उपस्थीति रहेको थियो।
नवलपरासी सेवा समाज युएईले नवलरासीमा रहेको दिर्घरोगी , अति विपन्न र शारिरिक अवस्था असक्त भई जिवननिर्वाह गर्न गाह्रो भएकाहरुलाई आर्थिक सहयोग गर्दै आएको नवलपरासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रेले बताए।
आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै जाने उपाध्यक्ष अतित भुसालले बताए।नवलरासीमाबाट दुवैमा रोजगारिको सिलसिलामा रहनुभएकाहरुले समाजिक सेवाभाव राखी सहयोगमा जुट्नुहुने सवै प्रति धन्यवाद दिदै आगामी दिनमा सहयोग र साथको अपेक्षा राखेको महासचिव ठग प्रसाद डुम्रे(अशोक)ले बताए ।