ट्रेन्डीङ्ग

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण निर्वाचित

बुटवल।नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी भ्एकाे छ । बुटवलमा अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गरेका थिए ।

पदाधिकारीमा एक उपसचिव वाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन । आचार्य पनि कंडेल पक्षका हुन । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी भएका छन् । महिला उपसचिवमा लिला राना विजयी भएकी छन् । बुढामगर रिजाल प्यानलका हुन् भने बांकी सबै कंडेल प्यानलका हुन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कंडेल प्यानलका हुन् । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । २०५ पदका ८३ पदका लागि लागि १८० जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । १२२ जना निर्वराेध चयन भए भने ३०२ जना उम्मेद्वार बनेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?