
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ मा रहेको राजा महात्मा पूर्णभद्र माविका प्रद्यानाध्यापकलाई नगरले सात दिनको समय तोकेर स्पस्टिकरण सोधेको छ ।
गत भदौ ३ गते विद्यालयमा हाजिर गरी विद्यालय र शैक्षिक क्रियाकलाप बाहेक अन्यत्र जानु भई विद्यालय सञ्चालनमा समेत अफ्ट्यारो हुन गएको सुचना प्राप्त भएको भन्दै बर्दघाट नगरको शिक्षा,युवा तथा खेलकुद शाखाले ७ दिनको समयावधि तोकेर प्रअसँग स्पस्टिकरण सोधेको छ ।
भदौ ८ गते काटेको पत्रको मिति अनुसार शुक्रवार १५ गते सम्ममा प्रअले स्पस्टिकरण दिई सक्नु पर्ने छ ।
प्रद्यानाध्यापक गत भदौ ३ गते विद्यालय छोडेर नेकपा माओवादीको कार्यक्रममा सहभागि हुन गएका थिए । सोहि दिन यता विद्यालयका केहि अभिभावकहरुले विद्यालयको प्रसाशन कक्षमा ताला लगाएका थिए ।