ट्रेन्डीङ्ग

महिला टी–२० विश्व कप छनोट : नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य

काठमाण्डाै । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा मलेसियासँग खेलिरहेको छ ।

नेपालले मलेसियालाई जितका लागि ८५ रनको लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३८ रन बनाइन् । अप्सरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन्।

प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal