ट्रेन्डीङ्ग

सुनवलमा औषधी पसल मापदण्ड विपरीत भेटिए

सुनवल । पश्चिम नवलपरासी सुनवलमा औषधी पसलमा मापदण्ड विपरीत किरानाका सामानहरु विक्रिका लागि राखिएको भेटिएको छ ।

सुनवल नगरस्तरीय अनुगमन समितिले आज बुधवार सुनवल वडा नं १ र ४ स्थित औषधी पसल तथा स्वास्थ्य संस्थाहरुमा गरेको अनुगमनका क्रममा अधिकांश औषधी पसलहरुमा अनुमति विना राख्न नपाईने किरानाका सामानहरु राखिएको भेटिएको अनुगमन समिति संयोजक एव सुनवल वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीले बताए ।

यस्तै सञ्चालकहरुले औषधी पसलको प्रमाणपत्र नविकरण नगरेका तथा प्रमाणपत्र देखिने गरी नराखेको पाईएको उनले बताए । उपभोग्य मिति नाघेका औषधीहरु व्यवस्थित तरिकाले नराखिएको पाइएकाले व्यवस्थित गर्न निर्देशन दिईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal