ट्रेन्डीङ्ग

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा एमसिसि विरुद्ध मसाल जुलुस

सुनवल । बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सुनवल नगर संगठन समितिको आयोजनामा सुनवल – ७ अस्नैयाचोकमा मसाल जुलुस सम्पन्न गरिएको छ ।

एमसीसी खारेज गर,एमसीसीका मतियार दलालहरु होसियार जस्ता नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले सुनवल-७ र ८ का बिभिन्न स्थान परिक्रमा गरेको थियो ।

जुलुसपछि अस्नैयाचोकमा आयोजित कोणसभामा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर संसदवादीहरुले देश र जनतालाई धोका दिएको बताए ।

उनले एमसीसी अमेरिकी साम्राज्यवादको सैन्य रणनीति रहेको बताउदैं एमसीसीका मतियारहरुलाई समेत जनताले नै लखेट्नु पर्ने बताए ।

पाार्टीका सुनवल नगर संयोजक रवि पुनको नेतृत्वका निकालिएको जुलुसमा पार्टीका नेवाः मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर,पार्टी सुनवल वडा नम्बर ७ का संयोजक बिजय चापागाई, सुनवल-८ का संयोजक अशोक चित्रकार,दलित मोर्चाका अगुवाहरु ऋषिराम बिक,बाबुराम बिक महिला नेतृ पुतली बिक लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?