ट्रेन्डीङ्ग

सरावलको भुलही खोलामा एक पुरुष मृत फेला

सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ भलुही खोलामा एक जना पुरुष मृत फेला परेका छन ।

खोलाले शव बगाई ल्याएको र खोलाको छेउमा घोप्टो अवस्था फेला परेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक सुनवल नगरपालिका-११ धुर्कोट फेदीका अन्दाजी २९ वर्षीय बिर बहादुर कुमाल रहेको पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले बताए ।

घटना स्थलको प्रारम्भिक अनुसन्धान र मृतकको सनाखत पश्चात पोष्टमार्टम गरि मृतकका भाई राजु कुमालले शव बुझिलिएको डिएसपी पाण्डेले बताए ।

घटना के कसरी भयो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?