सुनवल । मूलपानी सामुदायीक वन उपभोक्ता समुह सुनवल ४ नवलपरासीको आव २०७९/०८० को कार्य प्रगति तथा लेखा परीक्षण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुनवल २ स्थित होटल रिबोर्नको सभाहलमा एक कार्यक्रमका विच वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले गत वर्षको आर्थिक कार्य प्रगति तथा आगामी कार्ययोजना बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमूख अतिथि प्रदेश सांसद खड्ग बस्नेतले वन समुहले वन पैदावार उत्पादन मात्र नभएर उपभोक्ताहरुको आर्थिक उपार्जनको पक्षमा नयाँ तरिकाले नयाँ योजना ल्याउनु पर्ने बताए ।
प्राकृतिक स्रोतको दोहनलाई रोकी प्राकृतिक स्रोतहरुबाट पनि आय आर्जन गरी समाज विकास गर्न सकिन्छ भन्दै त्यसका लागि सम्बन्धित निकायसंग छलफल चलिरहेको प्रदेश सांसद बस्नेतले बताए । प्रयाप्त काठ उपलब्ध हुँदा हुँदै पनि फरक विकल्प खोज्नुपर्ने अवस्थाको अन्त्यका लागि काठ सुलभ मुल्य, सहज तरिका र सरल प्रक्रियालाई अगाडि बढाउनु पर्नेमा उनको जोड थियो । ढलेर, लडेका काठहरुको सही सदुपयोग गर्न नसकिनु समस्या रहेको भन्दै प्रदेश सांसद बस्नेतले हरियो वन नेपालको धनलाई नारामा मात्र सीमित राख्न नहुने र आफूले राज्य र नीतिलाई मात्र दोष नदिएर हरेक व्यक्ति आफू आफ्नो ठाउँबाट जिम्मेवार हुनु पर्ने बताए।
कार्यक्रममा विशिष्ठ अतिथि डिभीजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्लेले गत वर्ष १० वटा वनलाई रुख कटानको लागि स्वीकृति दिएको भन्दै वर्ष भरिका काम कारबाहीहरुको बारेमा सवै समक्ष सार्वजनिक गर्दा सुशासन कायम हुने बताउनु भयो । स्थानिय तहसंग समन्वय गरेर काम गर्ने भन्दै उहाले हर क्षेत्रबाट योगदान गर्ने र वन विकास गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सुनवल वडा नं ४ का वडा अध्यक्ष बाल कृष्ण पंगेनीले सार्वजनिक सुनुवाई जस्ता विभिन्न कार्यक्रमका नाम धेरै फजुल खर्च गर्न नहुने भन्दै स्थानिय तहसंग सहकार्य र समन्वय आवश्यक पर्ने बताए ।
यस्तै महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले वनमा आगो लागि हालेमा निभाउनका लागि सुनवलमा दमकल नरहेकाले स्थानिय तहसंगको समन्वयमा दमकलको व्यवस्था गर्नुपर्ने बताए । वनले प्राविधिक ल्याएर नर्सरी सञ्चालन गर्ने, वाल उद्यान पार्क, लगायत योजना बनाउनु पर्ने सुझाव पनि दिए ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, जनउदय सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष बल बहादुर थापा, मिलिजुली आमा समुह अध्यक्ष ज्ञानु गौतम, उमाकान्त उपाध्याय ,सहिद विष्णु पाण्डे प्रतिष्ठानका अध्यक्ष लोक प्रसाद श्रेष्ठ, उपभोक्ता रेशमलाल पौडेल लगायतले शुभकामना मन्तव्य राखेको थिए ।
उपाध्यक्ष प्रभु लाल मोर्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको समुह कि सचिव समीक्षा सिन्जापतिले संचालनमा रहेको थियो ।