ट्रेन्डीङ्ग

देवकोटा माविले विद्यार्थीहरुलाई नि:शुल्क झोला तथा पोशाक वितरण

सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल ४ ले विद्यार्थीहरुलाई पोशाक तथा झोला वितरण गरेको छ । पुर्व प्राथमिक तहमा अध्ययनरत ६९ जनालाई निशुल्क झोला तथा पोशाक वितरण गरेको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई पोशाक तथा झोला वितरण गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले समग्र विद्यालयको व्यवस्थापनलाई ध्यान दिदै विद्यार्थी र विद्यालयको गुणात्मक विकासको योजनालाई अगाडी सारेको बताए ।

विद्यालयको आन्तरीक स्रोतबाट पोशाक र झोला वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक खिमलाल जोशी शर्माले बताए ।

प्रि प्राइमरीका वालवालिकाहरुलाई पढाई सँग सँगै अतिरिक्त क्रीयाकलापहरु मार्फत शैक्षिक गतिविधिहरु अगाडी वढाएको प्रि पाइमरी इन्चार्ज तिलकुमारी थापाले बताइन ।महाकवि देवकोटा नमुना विद्यालयमा साना वालवालिकाहरुलाई कोरिवाटी कार्यक्रम पनि संचालनमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?