ट्रेन्डीङ्ग

विधार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना गराउदै प्रहरी

परासी।पश्चिम नवलपरासीको सदरमुकाममा रहेको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजनामा विधार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो।

क्याम्पस प्रमुख सुमनगोपाल आचार्यको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी प्रमुख आचार्यले जिल्लामा पछिल्लो समयमा आत्महत्याको घटना घट्दै गएको बताउदै उक्त घटनालाई प्रहरीले निरुसाहित गर्नको निम्ती समाज र बिद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताए ।

जिल्ला प्रहरी कार्यालय नवपरासीका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी भोजराज पाण्डेयले बिद्यार्थीहरुलाई आत्महत्या भनेको के हो ? आत्महत्याबाट बच्न के कस्तो उपायहरु अबलम्बन गर्ने,न्यूनिकरण गर्नको लागि ब्यक्तिगत तथा सामूहिक रुपमा र संस्थागत रुपमा अपनाउनु पर्ने साबधानी लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

 

प्रशिक्षणको क्रममा नवलपरासी जिल्लामा ०७६-०७७ मा ५४ जना पूरुष र ४० जना महिला गरी ९४ जना र ०७७-०७८ मा ७४ जना पूरुष र ३९ जना महिला गरी ११३ जना, ०७८-७९ मा ७२ जना पूरुष र महिला २९ जना गरी १०१ जना तथा ०७९-०८०मा ४९ जना पूरुष र महिला ३७ जना गरी ८६ जनाले बिबिध कारणबश आत्महत्या गरेको तथ्याङक प्रस्तुत गरेका थिए।साथै यस आर्थिक बर्ष २०८० साउन महिनामा ५ जना पूरुष र २ जना महिला गरी ७ जनाले आत्महत्या गरेको समेत प्रहरीले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख सुमन गोपाल आचार्यले सबैले सकारात्मक बिचारका साथ अगाडी बढनु पर्ने भन्दै यसले पनि आत्महत्याको घटनामा कमी आउने कुरा बताए ।

आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रममा लिटिल एन्जल हाईस्कूल कक्षा ११,१२ र परासी क्याम्पस बिबिएस प्रथम बर्षमा अध्यनरत अन्दाजी २०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका प्रनानि मदन बस्यालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?