
सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ गुडरीया गण्डक नहरमा भारतीय एक युवकको शव फेला परेको छ । गण्डक नहरमा मृत अवस्थामा फेला परेको शव भारत विहार प्रदेशको पश्चिम चम्पारणका २२ वर्षीय सुजित पलको रहेको प्रहरीले जनाएको छ।
नहरका फेला परेका शवको सनाखत भएको र के-कति कारणले घटना घटेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
शवलाई पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।