ट्रेन्डीङ्ग

धीरेन्द्रकृष्णले नेपालबारे विवादित अभिव्यक्त दिएको भन्दै समाजवादी मोर्चाको आपत्ति

नवलपुर । भारतीय कथावाचक धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार)ले नेपालबारे विवादित अभिव्यक्त दिएको भन्दै समाजवादी मोर्चा  आपत्ति जनाएको छ । नवलपरासी पुर्वको शास्वतधाममा कथावाचनका क्रममा भ्रामक अभिव्यक्ति दिएको भन्दै समाजवादी मोर्चा गण्डकी प्रदेशले आपत्ति जनाएको हो ।

शास्वतधाम(सिजी)मा हनुमान कथा प्रवचनका क्रममा शास्त्रीले ‘नेपाल भारतको अभिन्न अंग भनेको’ र नेपालीलाई ‘पागल’ भनिएको भन्दै मोर्चाले सोमबार एक विज्ञप्तिमार्फत आपत्ति जनाएको छ । समाजवादी मोर्चाका ४ शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर शास्त्रीको भनाइ प्रति गम्भिर असहमति रहेको जनाएका हुन ।

विज्ञप्तिमा शास्त्रीले प्रवचनका क्रममा नेपालको सार्वभौमिक अस्मिता र पहिचानको अवमूल्यन गर्दै ‘नेपाल भारतको एक अभिन्न अंग हो’ भन्नुको तात्पर्य ‘नेपाल भारतको भूगोल भित्रको एउटा भाग हो’ भन्ने आशययुक्त भ्रामक सन्देश दिएको भन्दै आपत्ति जनाएका छन । विज्ञप्तिमा उनको अभिव्यक्तिको निन्दा गर्दै शास्त्रीको अभिव्यक्तिको देशभक्त नेपालीलाई गहिरो चोट पुगेको भनिएको छ । उनको ‘निच’ अभिव्यक्तिको उनी आफैंले फिर्ता लिएर माफी माग्नपर्ने पनि मोर्चाको माग छ ।

विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका कार्यालय सचिव लोकप्रसाद भुर्तेल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य छविलाल राना, नेकपा जिल्ला सल्लाहकार भरतलाल जोशी, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष झविलाल रानाले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य विनोद चौधरीको चौधरी ग्रुपले उनलाई आफ्नो निजी मन्दिरमा ३ दिने हनुमान कथा वाचनमा शास्त्रीलाई निम्त्याएको हो । तीन दिनसम्म सञ्चालित कथावाचन सोमबार सकिएको छ । तस्बिर : बागेश्वर धाम सरकार फेसबुक पेज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal