ट्रेन्डीङ्ग

समाजवादी मार्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौ । समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । सातै प्रदेशमा गर्ने प्रदेशस्तरीय आमसभाको मिति टुंगो लगाउन सोमबार बिहान बसेको मोर्चाको संयोजन समिति बैठकले सभास्थलको टुंगो लगाएको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान बसेको बैठकले ८ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय सभा गर्ने निर्णय गरेको छ ।

जसअन्तर्गत ८ भदौमा वीरगन्ज, १२ भदौमा बुटवल, १३ भदौमा धनगढी, १४ भदौमा सुर्खेत, १५ भदौमा पोखरा, २३ भदौमा हेटौंडा र २५ भदौमा विराटनगरमा आमसभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको सचिवालय सचिव प्रमेश हमालले जानकारी दिए ।

नेताहरूको कार्यव्यस्तताका कारण आइतबार साँझ बोलाइएको बैठक स्थगित गरी सोमबार बिहान बसेको हो । आलोपालो नेतृत्व गर्ने सहमति अनुसार मोर्चाको नेतृत्व हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन ।

माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाको मोर्चा गत ४ असारमा बनेयता हालसम्म दुईवटा मात्रै बैठक बसेको छ । २३ असारमा बसेको पहिलो बैठकले संयोजनको जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?