ट्रेन्डीङ्ग

अभिभावकले राजा माविमा लगाए ताला , प्रह र विव्यस अध्यक्षले भ्रष्टाचार गरेको आरोप

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा चरम राजनीतिकरण भएका कारण विद्यालय अस्तब्यस्त भएको अविभावकहरुले बताएका छन । निकै लामो समयसम्म बिविध कारणले चर्चामा आईरहने विद्यालयको रुपमा रहेको छ । आज सो बिद्यालयमा अभिभावकहरुले व्यवस्थापन समितिका अध्यक्ष र विधालयका प्रधानाध्यापकले  भ्रष्टाचार गरेको भन्दै तालाबन्दी गरेका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको राजिनामा माग गर्दे विद्यालयको प्रशासन शाखामा तालाबन्दी गरेको अभिभावकहरुको भनाई छ । विद्यालयमा लामो समयदेखि शैक्षिक प्रशासनिक र आर्थिक शुसासनको विषयमा प्रश्न खडा हुदै आएपनि विद्यालय व्यवस्थापन समिति गैरजिम्मेवार रुपमा प्रस्तुत भएको र विद्यालयको शैक्षिक अवस्था ध्वस्त हुदै गएकाले तालाबन्दी गर्नुपरेको अभिभावक बाबु सुनारले बताए ।

विद्यालयको शैक्षिक स्थिति खस्कदै गएको छ, विद्यार्थि सख्या पनि ह्वात्तै घट्यो सुनारले भने । विद्यालयमा शिक्षकको अभावमा पढनपाठन प्रभावित भएपनि प्रधानाध्यापक गम्भिर नहुदा बालबालिकाको भविष्यनै संकटमा परेको उनले बताए । निजि स्कुलबाट विद्यार्थि ल्याएर विद्यालय राम्रो छ भन्दै सामुदायिकमा भर्ना गरियो अहिले शैक्षिक अवस्था ध्वस्त छ ताला लगाउन पुग्नुभएका सुनारले सुनाए ।

तालाबन्दी पछि अभिभावकद्धारा जारी विज्ञप्तीमा विद्यालयमा विद्यार्थि सङख्या १४ सय बाट घटेर सात सय भएको, कक्षा ११ र १२ मा विद्यार्थि सङख्या अत्यन्तै न्युन हुदा बन्द हुने अवस्थामा पुगेको, विद्यालयको नतिजा लाजमर्दो भएको, विद्यालय लाखौँ ऋणमा डुबेको लगाएतका कारण देखाउदै अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ । वडा अध्यक्षनै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा बसेर विद्यालयको यो अवस्था बनाएको भन्दै तत्कालै वर्तमान समिति विगठन गरि नयाँ व्यवस्थापन समिति पुर्नगठन गर्न अभिभावकहरुको माग छ । अभिभावकको भेलाबाट शिक्षक अभिभावक संघ गठनका लागी उम्मेदवारी दर्ता गराईएको भएता पनी हाल सम्म उक्त समिति गठन नभएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । यसैगरी विद्यालयमा भएको आर्थिक अनियमितता बारे पनि तत्काल छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न अभिभावकहरुले माग गरेका छन् । उक्त विद्यालयमा लामो समय देखि आर्थिक अनियमितताको भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । बर्दघाट नगरपालिकामा ३७ वटा सामुदायिक बिद्यालयमा सो विद्यालयमा मात्रै लामो समयदेखी बिद्यालय ब्यवस्थापन समिति गठन हुन सकेको छैन । वडा अध्यक्ष चापागाईं आफै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेपनी बिद्यालयमा लेखा परिक्षण र सामाजिक परिक्षण हुन सकेको छैन ।

स्थानिय तथा अविभावकले बिद्यालयमा लाखौको अनियमितता भएको आसङ्का समेत गरेका छ । भ्रष्टाचार लुकाउन वडा अध्यक्ष आफैले विद्यालय ब्यवस्थापन समिती गठन गर्न नदिएको आरोप छ सोही विद्यालयका पुर्व शिक्षक पुर्णकान्त गिरिले भने ।”वडा अध्यक्षले बिद्यालयमा लागेको ॠणको कारण पनि देखाउन नसक्नुले नै हामिले शङका गरेका हौ”गिरिले भने ।

विद्यालयको तत्कालीन अवस्थामा निर्माण समितिका संयोजक रहनुभएका कृष्ण गिरीले विद्यालयमा लाखाँको अनियमितता भएको भएपनि यथेष्ठ छानविन हुन नसकेको बताए । आफ्नो सहि समेत दुरुपयोग गरेर एक करोड बढि रकम दुरुपयोग भएको उनको दाबि छ । विद्यालयका प्रध्यानाध्यापकले आफुलाई अख्तियारमा बयान दिने क्रममा विद्यालयको बचाउ गरेर दिन दबाब समेत दिएको र हिसाब किताबको विवरण हेर्न नदिएको गिरीको भनाई छ ।

सो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाई हुनुहुन्छ ।

अभिभावहरुले प्रधानअध्यापक र व्यवस्थापन समिति अध्यक्षको मिलिमतोमा आर्थिक अनियमितता गरी विद्यालयको शैक्षिक गुणस्तर ध्वस्त बनाएको आरोप लगाएका छन् । वडा अध्यक्ष र प्रअको गैरजिम्मेवारीका कारण बिद्यालयको अवस्था बिकराल बनेको स्थानिय अविभावक किसोर थापाले बताए ।

यसैबिच आज विद्यालयमा तालाबन्दी भईरहदा विद्यालयका प्रधानाध्यापक पुष्पराज अधिकारी भने परासीमा राजनीतिक दलको कार्यक्रममा सहभागि थिए ।

यस विषयमा जिज्ञासा राख्दा उनले आफु शिक्षक संगठनको अध्यक्ष भएकाले शिक्षकहरुका समस्याका विषयमा जानकारी गराउन मात्र उपस्थित भएको तर्क गरे । कार्यक्रममा सहभागि भएको स्वीकार गर्दे प्रधानाध्यापक अधिकारीले पार्टी अभियानमा नभई शिक्षकहरुका कुरा राख्न गएको दाबी गरे ।

तपाईको समस्या कुनै पार्टीको रुपान्तरण अभियानको बैठकमा राखेर समाधान हुन्छ र भन्ने जिज्ञासामा अधिकारीले पार्टीको पनि भुमिका हुने भएकाले आफुले कुरा राख्न बैठकमा गएको तर कुनै पार्टीमा आवद्ध नरहेको जिकिर गरे । अहिले विद्यालयमा लागेको ताला खुलाउने विषयमा सहमति जुटाउन छलफल भईरहेको छ ।

विद्यालयमा आर्थिक पारदर्शिता कायम हुन नसकेको भन्दै बर्दघाट नगरपालिकाले ताकेता गरेपनि विद्यालय प्रशासनले सुनुवाई गरेको छैन् । विद्यालयले सामाजिक परिक्षण मापदण्ड २०७८ बमोजिम समाजिक परिक्षण गरि पहिलो चौमासिक भित्र स्थानिय तहमा उपलब्ध गराउनुपर्ने र शिक्षा नियमावलीको नियम १७१ बमोजिम विद्यालयले अधिकार प्राप्त लेखापरिक्षकबाट लेखापरिक्षण गराई सो को प्रतिवेदन स्थानिय तहमा उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि विद्यालयले आर्थिक वर्ष २०७८÷०७९ को समाजिक परिक्षण र लेखा परिक्षण प्रतिवेदन नगरपालिकामा बुझाएको छैन् ।

नगरपालिकाले साउन २९ गते नियमानुसार शिक्षक अभिभावक संघ गठन गरी विद्यालयको समाजिक परिक्षण तथा लेखा परिक्षण गराई १५ दिन भित्र प्रतिवेदन पेश नगरे प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा सहितको पत्र विद्यालयलाई काटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?