ट्रेन्डीङ्ग

घरघरमा नागको चित्र टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी , घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।

यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ।

रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal