
पोखरा । पोखरामा आगामी भदौ ६ र ७ गते तमु अन्तर समाज फुटबल प्रतियोगिता हुने भएको छ । तमु प्ये ल्हु संघ केन्द्रिय युवा समिति पोखराद्वारा प्रथम स्व।बिमला स्मृतिमा अन्तर समाज ६ए सिदे फुटसल प्रतियोगिता हुने भएको हो।
पोखरा तथा पोखरा आशपासमा रहेको तमु ( गुरुङ ) समाजहरुमा भाइचारा, सहिष्णुता समाज भित्र लुकेर रहेको गुरुङ खेलाडीहरुको प्रतिभालाई उजागड गर्ने उद्देश्य लिई प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मनोज कुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने टिमले लागि दर्ताखुल्ला गरिसकेको र भदौ ५ गते सम्म गर्न सकिने दर्ता शुल्क ५ हजार रुपैया तोकिएको छ । प्रतियोगिताको विजेताले उपधि सहित नगद ६० हजार छ भने उपविजेताले नगद ३५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । सर्वाधिक गोल कर्ता , उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडिलाई नगद २ हजार ५ सय सहित ट्रफि पुरस्कारको व्यवस्या गरिएको गुरुङले बताए । फुटशल प्रतियोगिता पोखरा -१० हस्पिटल चोक पैयुम फुटसल मैदानमा हुने आयोजकले जनाएको छ ।