
युएई । नवलपरासी सेवा समाज युएईको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष भुपराज डुम्रेको अध्यक्षतामा बरदुबईमा कार्यक्रम सप्पन्न भएको हो ।
समाजले अपाङ्गता,अशंक्त,दिर्घरोगी,आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्दै आउनुका साथै सामाजिक र मानवीय कार्यमा समाज निरन्तर लागि परेको अध्यक्ष भुपराज डुम्रेले बताए ।
समाजले आगामी दिनमा क्यान्सर रोगले पीडित सुनवल-११ धुर्कोट फेदीका १० बर्षिय शिशिर राना मगर,सुनवल-११ जर्गाहा कि रुपा राना मगर र मृगौला पीडित भुमहीका कमल बहादुर क्षेत्री आर्थिक सहयोग गर्ने निर्णय गरेको महासचिव ठग प्रसाद डुम्रेले बताए।
त्यसैगरी बर्दघाट २ का तुल्सी प्रसाद बस्यालको उपचारको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको साथै लाल बहादुर ढेगालाई पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गर्नुको साथै हरितालिका तिज मनाउने विषयमा छलफल गरेको महासचिव डुम्रेले बताए ।
बैठकले समाजमा नया सदस्य थप गरेको छ । जसमध्य रुक्मागत भुसाल,मोहनीलाल डुम्रे,देवीकुमारी चापागाई,सीमा अर्याल कंडेल,गणेश प्रसाद पाठक,चोलाकान्त लामिछाने,खगेन्द्रप्रसाद न्यौपाने,सम्भु बस्याल,चिरिन्जीबी डुम्रेहरु आवद्ध भएको समाजका उपाध्यक्ष अतीत भुसालले जानकारी दिए ।
कार्यक्रममा समाजका सम्पूर्ण पदाधिकारी तथा आवद्ध सदस्यहरुको बाक्लो उपस्थित रहेको नवलपरासी सेवा समाज युएईका प्रचार प्रसार प्रमुख मनोज पाण्डे बताए ।