
सुनवल । विद्यालयको सुधार योजना निर्माण समवन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम रमवापुर माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तर र विद्यालय सुधार योजना निर्माणको लागी सरोकारवालाहरु सँग छलफल तथा अन्तरक्रिया गरेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यावहाक अध्यक्ष शारिकराम सापकोटाको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अर्यालले रमवापुर विद्यालयले गरेका कार्यहरु राम्रो भएको र नविनतम कार्य सुरु गरेको बताइन । साथै सुनवलका सवै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा नगरपालिका लागी परेको समेत नगरप्रमुख अर्यालले बताइन ।
त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागी वडा कार्यालय प्रतिवद्ध रहेको र सो अनुसार लागेको सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीले बताए । विद्यालयका प्रध्यानाध्यापक फानप्रसाद श्रेष्ठले विद्यालयको कार्यप्रगति पेश गरेका थिए ।
सो अवसरमा विद्यालय सँग सम्वन्धित रहेर महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण लामिछाने, नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञप्रसाद पाण्डे, महाकवि देवकोटा क्याम्पसका पुर्व क्याम्पस प्रमुख अनिल वस्नेत ,समाजसेवि सञ्जय श्रेष्ठ, प्रेम रिमाल, विद्यालय व्यवस्थापन समिति सदस्य तारा वराल लगाएतले विद्यालय सुधारको लागी सुझाव राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्न र समग्र सुनवलको शैक्षिक अवस्थाका वारेमो सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु गोतामेले प्रष्ट पारेका थिए । शिक्षक शकरमणी पाण्डयको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन सहायक प्रध्यानाध्यापक रेमबहादुर खत्रीले गरेका थिए ।