ट्रेन्डीङ्ग

सुनवलमा गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयकमा अन्तरक्रिया

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा आज गरिवी न्युनिकरणमा सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया गरिएको छ । सुनवल नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ सुनवलको संयुक्त आयोजनामा सामुदायिक वन दिवस २०८० को अवसरमा उक्त अन्तरक्रिया गरिएको हो ।

नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं सुनवल वडा नं। ६ का वडाध्यक्ष दिलिप शर्मा चापागाईको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्र वाग्लेले वनलाई उत्पादन, रोजगारी र संरक्षणको रुपमा अगाडी बढाउनुपर्ने बताए । वनलाई उद्यमको रुपमा अगाडी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने उहाको भनाई थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल परियारले वन विनाशले खानेपानीका मुहान सुक्दै गएको बताउदै सामुदायिक वनमा सरकारले लगाएको २५ प्रतिशत कर एकद्धारा प्रणालीमा हुनुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य टिचन गुरुङ, खानेपानी महासंघ प्रदेश अध्यक्ष थान प्रसाद गैरे, जिल्ला अध्यक्ष शारदा पोखरेल, लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।नगर महासंघ अध्यक्ष कणर् बहादुर शेनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगरपालिका वन अधिकृत विशाल न्यौपानेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?