![](https://safalpost.com/wp-content/uploads/2023/08/364479107_3698195803745238_5861727289909614148_n-1.jpg)
सुनवल । सुनवल नगरपालिकाले आइतबारे हाटबजारको अनुगमन गरेको छ । सुनवल नगरपालिका कार्यपालिका सदस्य सिता तिमिल्सीनाको संयोजकत्वमा वडा नम्वर १ सोमनाथको हाटबजार अनुगमन भएको हो ।
अनुगमन गर्दा कम तौलका ढकहरुको प्रयोग भइरहेको, गुणस्तर तथा नापतौल विभागको स्टिकर विनानै नापयन्त्रको प्रयोग भएको, साथै अव्यवस्थीत रुपमा माछामासु पसल संचालनमा रहेको र स्वास्थ्यका मापदण्ड नअप्नाइएको साथै म्याद गुज्रेका वस्तुहरु समेतको प्रयोग भएको पाइएको अनुगमन टोलिका संयोजक तिमिल्सीनाले जानकारी दिइन ।
अनुगमनमा कार्यपालिका सदस्य सिता भण्डारी, उद्योग वाणिज्य संघ सुनवलका महासचिब तेजु भण्डारी, उपभोत्ता हित संरक्षण मंच नगर अध्यक्ष विष्णु पौडेल, नगर पशु स्वास्थ्य शाखा प्रमुख मिसिरी प्रसाद खड्का, नगरप्रहरी निरिक्षक दिपक तिवारी, इलाका प्रहरी कार्यलय सुनवल, राष्ट्रिय अनुसन्धान प्रतिनिधि, लगाएतका सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।