ट्रेन्डीङ्ग

मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम

उर्मिला यादव यात्री फागुन २५,परासी

पश्चिम नवलपरासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

सबैका लागी घर घरमा मानब अधिकार, शान्ति र बिकासको आधार भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले मानव अधिकार आयोग जनता संगै रहेको बताउनु भएको छ । उहाले घर घरमा मानव अधिकारका बारेमा अझैपनि जनचेतना दिन आवश्यक रहेकोमा जोड दिनु भएको छ । पोखरेलले बिगतको तुलनामा मानव अधिकार उल्लंघनका घटनामा कमी आए पनि अझै पनि सोचे अनुरुप सुधार हुन नसकेको बताए ।

सरकार भन्दा पनि नागरीक समाजसंग आयोग नजिक रहेकोले मानव अधिकार उल्लंघनका घटनाहरुको बिरुद्धमा एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहभागी ब्यक्तित्वहरुले मानव अधिककारको सवालमा पश्चिम नवलपरासी अझै पनि पछाडी परेको बताएका थिए ।

कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मंच नवलपरासीकी अध्यक्ष यमकुमारी सुबदीले परासीमा संचालित होटल तथा रेष्टुरेन्टमा अखाद्य बस्तु , बिना दर्ता ब्यवसायहरु संचालन, कुनै पनि मापदण्ड पुरा नै नगरीकनै खुला रुपमा माछामासु बिक्री बितरण भैरहेकोले यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पारीरहेको र यस क्षेत्रमा बालबिवाह , बालिका बलात्कारका घटनाले बालिकाहरुमा प्रत्यक्ष असर पर्नुका साथै बालिकाहरु अझै पनि मानसिक तनावमा बाच्न बाध्य भएको बताउनु भएको थियो ।


यस्तै गरी कार्यक्रममा शशक्तिकरण नेपाल परासी परियोजनाकी संयोजक पुष्पा लामाले महिला र बालअधिकारका कुरा मात्र धैरे हुने र यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका कुरा अझै पनि ओझेलमा परेको गुनासो गर्नु भएको थियो । लामाले समाजमा भएका एच आइ भी संक्रमित बालअधिकार र एच आइ भी संक्रमित महिला अधिकारका कुरा कहा छ भनेर प्रश्न गर्नु पर्ने अवस्था आएको बताइन ।

कार्यक्रममा जिल्लाका अधिकारकर्मी , पत्रकार सरोकारवाला, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो भने राष्टिय मानव अधिकार आयोगका उपसचिव सन्तोष आचार्यले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?