ट्रेन्डीङ्ग

कावासोतिमा एक सय किलो रुद्राक्षसहित भन्सार छलीको सामान बरामद


नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा एक सय केजी रुद्राक्षसहित भन्सार छली गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग अर्न्तगत कावासोतीको मुख्य बजार थाना चोकमा बेबारिसे अवस्थामा रहेको रुद्राक्ष, लेडिज टप्स ३ सय १० थान, मोटरसाइकलको भाइजर १४ थान, ल्यापटपको ब्याट्री, कफी, पान मसला लगायत सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरेर ल्याएको र बिल भरपाइ केही पनि नभएकाले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलले बताए ।

नियन्त्रणमा लिएको सामानलाई त्रिवेणी भन्सार कार्यालय पठाउने तयारी छ । भारतीय सीमावर्ती नाकामा १ सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार लाग्ने भएपछि भारतमा किनमेल गर्न जाने सर्वसाधारण घटेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?