ट्रेन्डीङ्ग

लागुऔषध सहित एक महिला प्रहरीको नियन्त्रणमा

परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० बर्षीय गंगोत्री बनियालाइ लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो ।

रामग्राम-६ पोखरापालिबाट बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालयका पश्चिम नवलपरासीका प्रहरी निरीक्षक धर्मराज खत्रीले जानकारी दिए ।

बानियाको साथबाट डायजेपाम,फेनेर्गन,बुप्रेनोरफाइन गरी ४२३ एम्पुल,नाइट्रेट ट्याव्लेट १३६ पिस,एसपीएमपी आरएक्स+वोकहार्ड लेखेको निलो क्याप्सुल १९० पिस लागु औषध फेला परेको निरीक्षक खत्रीले बताए ।

बनियालाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । गंगोत्री बानिया पोखरापाली स्थित रामपति अगहरिको घरमा डेरा गरि बस्दै आएकी थिइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal