ट्रेन्डीङ्ग

सुनवल:कृष्ण धाम विकास समितिको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनःढकाल

सुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

श्रीकृष्ण धाम विकास समितिका अध्यक्ष यामप्रसाद ढकालको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खडग वस्नेतको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाको सभाहलमा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा वोल्दै प्रमुख अतिथि प्रदेश संसद खड्ग वस्नेतले आफु यसै क्षेत्रको प्रतिनिधित्व गर्दै प्रदेश संसद भएको र यहाँ गरेको प्रतिवद्धताहरु पुरा गर्ने बताए ।

त्यस्तै संसद वस्नेतले श्रीकृष्ण धामलाई प्रचार प्रसार गर्दै विकास गर्नु पर्नेमा जोड दिए । यस आर्थिक बर्षमा श्रीकृष्ण धामको डिपिआर तयार गर्ने र अर्को आर्थिक वर्षमा बजेट विनियोजन गर्ने संसद वस्नेतले बताए । यस क्षेत्रलाई अगाडी वढाउन विकास,संरक्षण र सम्वद्धनमा राजनिति भन्दा माथि सवै उठ्नुपर्ने संसद वस्नेतको भनाई छ ।

सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, सुनवल खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने , मुलपानी सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डे, साथै महिला समुहको तर्फबाट मिलिजुली महिला समुहका अध्यक्ष ज्ञानु गौतम लगाएतले साधरण सभालाई सम्वोधन गरेका थिए ।

कृष्ण धाम विकास समतिको अध्यक्षको प्रतिवेदन अध्यक्ष याम प्रसाद ढकाल र कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन लेखा संयोजक तिलकराम ढकालले प्रस्तुत गरेका थिए ।

समितिका कोषाध्यक्ष सरस्वती पाठक ढकालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सह सचिव हिमा शर्मा न्यौपानको रहेको थियो ।

त्यस्तै दोस्रो अधिवेशन पनि सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कुन्ता तिवारी, सचिवमा याम नारायण लम्साल, कोषाध्यक्षमा इन्द्र सुवेदी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खेमराज न्यौपाने, राम प्रसाद घिमिरे, पार्वती सिंदेल, देबराज ढकाल, कृष्ण प्रसाद अधिकारी चयन भएका छन । त्यस्तै लेखा समिति संयोजकमा तिलक ढकाल, सदस्यहरुमा मिना पौडेल र एकनारायण शर्मा चापागाई चयन भएको निर्वाचन समिति संयोजक संयोजक गोपाल प्रसाद आचार्यले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?