ट्रेन्डीङ्ग

परासीमा लागुऔषध सहित २ जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासबाट लागू औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरीकार्यलयले संयुक्त रूपमा हिजो बुधबार साझ मापसे चेकजाँच क्रममा लु १६ प १६०८ स्कुटीमा रुपन्देहीको तिलोत्तमा नपा-४ का २२ बर्षिय समित मास्के मगर र २५ बर्षिय अनिल दर्जिलाई चेकजाच गर्दा लागुऔषध सेवन गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए।

लागु औषध सेवन गरेकाको चेकजाँचका क्रममा अनिलको साथबाट चार वटा प्लास्टिकमा पोको पारेको अवस्था ८ मिलिग्राम लागू औषध सहित भेटिएको डीएसपी पाण्डेले बताए।

पक्राउ परेका दुई जनालाई अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?