ट्रेन्डीङ्ग

सुनवल:फरक क्षमता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण

सुनवल।सुनवल नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिलाई मंगलबार सहायक सामग्री वितरण गरिएको छ।नगरपालिका भित्रका अपाङ्गता भएका ४१ जना व्यक्तिको सहजताका लागि ह्विलचेयर, ट्राइसाइकल, श्रवण यन्त्र, वाकर, बैशाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो।


नगरपालिका भित्र रहेका आठ सय ५९ फरक क्षमता भएका व्यक्ति मध्ये एकचालीस जनालाई सामग्री उपलब्ध गराएको हो ।


सहयोग सामग्री हस्तान्तरण गर्दै मेयर विमला अर्यालले फरक भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन नगरपालिकाले योजना बनाइरहेको बताइन ।



नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको भन्दै मेयर अर्यालले ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताइन ।


कार्यक्रममा १६ जनालाई ह्विलचेयरमा, तिन जनालाई ट्राइसाईकल,३ जनालाई बैशाखी,तिन जनालाइ लट्ठी, श्रवण यन्त्र २ जनालाई र ३ जनालाई वाकर लगायतको सामग्री वितरण गरिएको सुनवल नगरपालिका महिला,बालबालिका एवम ज्येष्ठ नागरिक शाखा प्रमुख केशरी गैरेले जानकारी दिइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?