ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा २ लाख ३३ हजार मुल्य बराबरको अबैध मालसामान बरामद

उर्मिला यादव यात्री ,फागुन २८ परासी।
पश्चिम नवलपरासीको बिभिन्न स्थानबाट २ लाख ३३ हजार ६ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसमान प्रहरीले बरामद गरेको छ ।


प्रहरी चौकी बसहियाबाट खटिएको टोलीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ५४ हजार ८ सय मुल्य बराबरको १सय ३७ पिस लेडिज सल र नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी २० हजार १ सय ६० रुपैया मुल्य बराबरको २ सय १० लिटर डिजल प्रतापपुर गाउंपालिका वडा नम्बर ५ लठ्ठाबाट बरामद गरेको हो ।


यस्तैगरी प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले १५ हजार ५० रुपैया मुल्य बराबरको ब्लाउजको थान कपडा, झुल, घांसको बिउ, पारलेजी बिस्कुट लगायतका बिभिन्न मालसामान सरावल गाउंपालिका वडा नम्बर ७ भुजहवाबाट बरामद गरेको छ ।


उक्त सामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ ।


त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ४३ हजार ६ सय २० रुपैया मुल्य बराबरको बिभिन्न हार्डवयरको सामान सरावल गाउंपालिका वडा नम्बर ७ बुलन्दपुरबाट बरामद गरेको छ ।

बरामद भएका सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal