परासी।पश्चिम नवलपरासीमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना विमारी फेला परेका छन।जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना संकलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र थालासेमियाका बाहक फेला हुन।
स्वास्थ्य कार्यालयले गत आर्थिक वर्ष एक हजार १८८ जनाको रगत संकलन गरी नमूना परीक्षण गरेको थियो।त्यसमध्ये ३२३ जनाको नतिजा प्राप्त हुन बाँकी छ।हालसम्म नतिजा प्राप्त भएका ८६५ मध्ये सिकलसेलका ३३ र थालासेमियाका ६० जना बाहक फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक देवीलाल पौडेलका अनुसार सरावलमा ३७४ जनाको रगत परीक्षण गर्दा ३० जना सिकलसेल र थालासेमियाका बाहक फेला परेका थिए। जस अन्तर्गत वडा न.१ मा ११७ जनाको परीक्षणमा ९ जना बाहक फेला परेका थिए।ती ९ जनाको घरपरिवारका ३२ जनामा कन्ट्याक्ट टेसिङ गर्दा थप नौ जना बाहक फेला परेको पौडेलले बताए।त्यसैगरी सरावाल कै वडा न.३ मा ९१ जनाको रगत नमूना संकलन गरि परीक्षणका लागि पठाईएको बताए।
सुस्ता गाउँपालिकमा १४७ जनाको रगत परीक्षणबाट २३ जनामा सिकलसेल र थालासेमियाका बाहक फेला परेका छन भने रामग्राममा २४७ जनाको नमुना परिक्षण गर्दा २६ जणा बाहक भेटिएको र ११८ जनाको रगत नमूना संकलन गरी परीक्षणका लागि पठाईएको कार्यालयले जनाएको छ।
त्यसैगरि प्रतापपुर गाउँपालिकामा १८३ जनाको रगत परीक्षण गर्दा १२ जनामा सिकलसेल र थालासेमियाको बाहक पत्ता लागेको छ भने बर्दघाटमा १५३ जनाको रगत परीक्षण गर्दा १० जनामा बाहक फेला परेको छन।ती दश जनाको घरपरिवारका ३० जनाको पनि रगत संकलन गरी परीक्षणका लागि पठाईएको छ।त्यसैगरी सुनवल नगरपालिका वडा नं.९ स्वाठीमा ८४ जनाको रगत संकलन गरी परीक्षणमा पठाईएको छ।
स्वास्थ्य कार्यालयले जिल्लाका पाल्हीनन्दन गाउपालिका बाहेक अन्य पालिकामा गरिएको नमूना परीक्षणको क्रममा उक्त रोगका बिरामी फेला नपरेपनि बाहक भने फेला परेका छन।जिल्लामा थारु बाहुल्य क्षेत्रमा रोगको पहिचानका लागि रगत नमूना संकलन गरी परीक्षण गरिएको मलेरिया निरीक्षक पौडेलले जानकारी दिए।
सिकलसेल रोग विशेषगरी थारु समुदायमा देखिएको वंशाणुगत रोग हो।मानव रगतमा पाईने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हसिया जस्तै आकारमा रुपान्तरण हुने,सिकसलेस भएमा मस्तिष्कमा पक्षघात,शरिरमा पीडा, अन्य रोगहरुको संक्रमण, जण्डिसको जस्तै लक्षण देखिने,पत्थरी,फोक्सोमा रुकावट,मृगौलामा खराबी,पुरुषको लिंग उत्तेजित हुँदा पीडा हुने, फियो वा कलेजोमा रक्त सञ्जार रुकावट आदि लक्षणहरु देखिने चिकित्सकले जनाएका छन।