ट्रेन्डीङ्ग

नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको सुचिमा

परासी।त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै नवलपरासी पश्चिमका ४ क्यापस खारेजी प्रक्रियाको सुचीमा परेका हुन।खारेजीको सुचीमा पर्नेमा परासी क्याम्पस रामग्राम,न्यु लाइफ कलेज बर्दघाट र सोमनाथ बाबा क्याम्पस,सुनवल र अस्नैया आदर्श क्याम्पस,सुनवल रहेका छन।

 

विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका क्याम्पस समायोजन नीति अघि सार्दै देशभरका १७५ क्याम्पसहरूको नामावली प्रकाशित गरेको छ । विश्वविद्यालयले १ हजार ६० निजी तथा सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको थियो।तीमध्ये दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको सूची सार्वजनिक गरिएको छ।

 

१ सय ५० मध्ये सामुदायिक र निजी क्याम्पसको संख्या लगभग बराबर रहेको उपकुलपति कार्यालयको योजना निर्देशनालयले जनाएको छ । त्रिविमा ६४ आंगिक क्याम्पस पनि सञ्चालनमा रहेका छन।

 

दोस्रो जनआन्दोलनयता विश्वविद्यालयले मनोमानी सम्बन्धन बाँडेको थियो । पछिल्ला वर्षहरूमा ती क्याम्पस विद्यार्थी अभावमा सङ्कटमा रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । त्रिविसहित अन्य विश्वविद्यालयका करिब साढे ५ सयवटा क्याम्पसमा १ सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् । त्रिविले क्याम्पस समायोजनको नीतिसमेत अघि सारेको छ ।

 

त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो।गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ।तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ।

खारेजीको सुचिमा रहेका क्याम्पस

https://portal.tu.edu.np/notice/624/list.pdf

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?