ट्रेन्डीङ्ग

सुनवल वडा १३ को नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगर पालिकाको वडा-१३ को प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु भएको छ।नगरको चालु आर्थिक वर्ष ०७९/०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो।

सुनवल नगर प्रवक्ता एव वडा नम्बर-१३ का वडा अध्यक्ष कृष्ण प्रसाद बगालेको अध्यक्षता एवं नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनको समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले नगर प्रमुख अर्यालले स्वास्थ्य,शिक्षा र कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको बताइन।

नगर भित्रका आन्तरिक श्रोतको पहिचान गरि नगरलाई आत्मनिर्भर गराउन बढ्ने प्रतिबद्धता व्यक्त गर्दै एक वडा एक उत्पादन गराउदै व्यवसायी मुखी नगर बासी बनाउने उद्देश्य रहेको अर्यालले बताइन।

कार्यक्रममा बिधालय व्यवस्थापन समिति संजाल सुनवल नगर अध्यक्ष सुर्य प्रसाद न्यौपाने,नेपाली कांग्रेस वडा सभापति सोभखर पाण्डे,प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतले शुभकामना दिदै सेवा प्रवाहले जनतालाई सहज हुने विश्वास व्यक्त गरेको थिए।

 

नवनिर्मित भवन ७२ लाख १ हजार ३८ रुपैयाँ १७ पैसाको तागतमा निर्माण भएको हो।मासिक १५हजार दरले भाडाको घरबाट सेवा दिदै आएको थियोे।

कार्यक्रममा वडा-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनी,१२ का वडा अध्यक्ष चुरामणी पौडेल दिपक लगायत स्थानीयको उपस्थित रहेकोे थियो।वडा सदस्य हुमा कुमारी बिकको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन पत्रकार बिकास अधिकारीको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?