ट्रेन्डीङ्ग

रामग्राममा लागु औषध सहित एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागु औषध सहित एक जना ब्यक्ति पक्राउ परेका छन।

 

लुम्बिनी प्रदेश प्रहरी,लागु औषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षका मनोज कुमार चमारको घरमा छापा मारेको थियो।

 

घर नजिकै खाल्टो खनेर पुरेर राखिएको अवस्थामा डाईजापाम १ सय ८६ पिस,फेनरागन १ सय ८८,नुफिन १ सय ८६ र कोरेक्स १० बोतल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले बताए।

 

पक्राउ परेका चमारलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाच दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?