सुनवल।पश्चिम नवलपरासीको सुनवल-११ जर्गाहामा रहेको वाक्वाणी माध्यामिक विधालयले एसईई २०७९ मा उत्तीर्ण विधार्थीलाई बधाई तथा सुभकामना सम्मान गरेको छ।
विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक रानाको अध्यक्षतामा एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा विधालयमा एक कार्यक्रम बीच उतिर्ण विधार्थीलाई बधाई तथा सुभकामना कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले एसइइ उत्तीर्ण विधार्थीलाई उज्जवल भविष्यको कामना गर्दै विधालयको भौतिक तथा गुणस्तरीय शिक्षा शिक्षाका लागि केन्द्र प्रदेशमा आर्थिक सहयोगका लागि पहल गर्ने प्रतिबद्दता व्यक गरेका थिए।
उपप्रमुख सुर्य दुवेले परिक्षामा ल्याएको अंकलाई लिएर चिन्ता नलिन विधार्थीलाई आग्रह गरेका थिए।आगामी भविष्यका लागि आफ्नो क्षमता र इच्छा अनुसारको विषय लिएर अध्ययन गर्न र कोहि कसैलाई पढ्नबाट बन्चित नगराउने भन्दै आर्थिक समस्याले बिधालय जान नसक्नेलाई नगरपालिकाले सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।
वडा अध्यक्ष कमल चुवाई,विधालय व्यवस्थापन समिति संजालका सुनवल अध्यक्ष सुर्य न्यौपाने लगायतले विधालय व्यवस्थापन,भौतिक तथा शैक्षिक सुधारका लागि सदैव सहयोग अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।साथै शिक्षक अभिभावक संघ शिक्षक प्रतिनिधि टंक सुवेदी,पुर्व बिद्यार्थी आशिष पाण्डे लगायतले विधार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेकका थिए।
८२ सहभागी रहेका विधार्थीमा सबैभन्दा बढी ३.३५ जिपिए र १.६ कम आएको विधालयका प्राचार्य भोला न्यौपाने बताए।
जस मध्य ए ३ जना,बि प्लस १३ जना,बि १४ जना,सि प्लस २८ जना र सि २० जनाले ल्याएको प्राचार्य न्यौपानेले बताए।
कार्यक्रम प्राचार्य भोला न्यौपानेको स्वागत एव शिक्षक चुरामणी भण्डारीको संचालनमा रहेको थियो।