सुनवल।पश्चिम नवलपरासीको सुनवल-१२ स्थति जगन्नाथ माविबाट एसईई -२०७९ मा सामुदायिक तर्फ विधालयतर्फ जिल्ला प्रथम एव सुनवल नगरपालिका प्रथम भएकी सदिक्ष्या पाण्डेयलाइ बधाई एव सम्मान गरेको छ।सदिक्ष्याले ३।९५ जीपीए सहित जिल्ला प्रथम भएकी हुन।
विधालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्रीको अध्यक्षतामा एव सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आथित्यताम्मा एसईइ-२०७९ उतिर्ण विधाथिलाई बधाई तथा सम्मान गरिएको थियो।सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले उत्कृस्ट नतिजा ल्याउन सफल भएकोमा विधालय र विधार्थीलाई सुभकामना दिदै शैक्षिक क्षेत्रको सुधारका लागि विधालय व्यवस्थापन,भौतिक तथा गुणस्तरीय सेवा दिन कुनै पनि कमिकमजोरी हुन् नदिने प्रतिबद्दता व्यक्त गरेकी थिइन।
त्यसैगरि नगरउपप्रमुख सुर्य दुवे,नगर प्रवक्ता एव वडा १३ का अध्यक्ष कृष्ण प्रसाद बगाले,१२ का अध्यक्ष चुरामणि पौडेल दिपक,११ का अध्यक्ष कमल चुवाई, सामाजिक बिकास शाखा प्रमुख भाग्वाती बस्याल,शिक्षा शाखा प्रमुख बिष्णु गोतामे,शिक्षक अभिभावक सघका सदस्य टेक बहादुर क्षेत्री,सलाहकार धर्मागत भुसाल,शिक्षक खेमराज पराजुली लगायतले विधार्थीको उज्जवल भविष्यको कामना गर्नुका साथै सुभकामना व्यक्त गर्नु भएको थियो ।
जगन्नाथ मावि १६० बिधार्थिले एसइइको परिक्षामा भएका मध्ये सामुदायिक विधालय तर्फ जिल्ला प्रथम सहित ए प्लस ल्याउने ४ जना,ए ल्याउने १९ जना,बि प्लस ल्याउने ३२ जना बि ल्याउने ३५ जना, सि प्लस ल्याउने २८, सि ल्याउने ३६ जना रहेको प्राचार्य कर्ण बहादुर रहादी मगरले बताए।
प्राचार्य कर्ण बहादुर राहादी मगरको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन शिक्षिका कमला घिमिरेको रहेको थियो।विधालयम गुणस्तरीय शिक्षा प्रदान गर्दै विज्ञान,व्यवस्थापन,मानविकी र शिक्षा संकाय अन्तर्गतका विषयहरु कक्षा ११ र १२ मा पठनपाठन हुने गर्दछ।