ट्रेन्डीङ्ग

उत्कृष्ट नतिजामा निरन्तर न्यु लाइफ मावि

बर्दघाट।पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयले राष्ट्र कै उत्कृष्ट नतिजा दिएको छ।न्यू लाइफका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन।

६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा माथी अर्थात ए प्लसल्याएका छन।१३ जनाले ए,२३ जनाले बी प्लस,२० जनाले बी ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीले जानकारी दिए।अधिकारी भने-“हाम्रो विद्यालयको बिगत देखीकै उत्कृष्ट नतिजा हो जुन यश बर्ष पनि कायम छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार सम्मान गर्नेछौं।”

पाण्डेले प्राप्त गरेको अंक लुम्बिनी प्रदेश कै सर्बोउत्कृष्ट अंक रहेको विद्यालयले दावि गरेको छ।लुम्बिनी प्रदेशमा ४ वटा विद्यालयले फोर जिपिए ल्याए विद्यालय स्रोतको दाबी छ।

पाण्डे पढाइ लेखाइमा मात्र नभै विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलाप उत्कृष्ट रहेका छन।आफ्ना हजुरबुबा र बुवाको साथमा भेटिएका पाण्डेले यो सफलता प्राप्त गर्दै विद्यालयको समेत नामराख्न सफल भएकोमा आफ्नो घर परिवार र विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गरेका थिए।

त्यसैगरी हजुरवावा डालाराज पाण्डेले आफ्ना तिनै जना नातीनातीनाहरुले समेत न्यू लाईफमा अध्ययन गरेकै कारण नै उत्कृष्ट नतिजा प्राप्त गरेको भन्दै विद्यालय परिवारलाई धन्यवाद प्रकट गरेका थिए।त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक डि .बि. अधिकारीले सबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal