काठमाण्डाै।आज असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा।आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ।वेदव्यासले वेदान्त,अठार पुराण,उपनिषद्ग लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान पुर्याएको मानिन्छ।
आफूलाई शिक्षा दिने गुरुको सम्मानमा शिष्यहरूले आज मिष्ठान्न भोजनका साथ श्रद्धाभाव व्यक्त गर्ने परम्परा छ।गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने गरिन्छ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ।यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। गुरु पूर्णिमाका अवसरमा विद्यालयहरुमा आज कार्यक्रम हुने गरेको छ ।