ट्रेन्डीङ्ग

विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले हरायो

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ।जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।

 

नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो।त्यसपछि सन्दीप र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए यसअघि जिम्बावेको हरारेमा टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्यो।

 

पहिले ब्याटिङ गरेकाे यूएई ४६ दशमलव ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो।नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए।गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए। नेपालले अब पर्सि प्लेअफको फाइनलमा आयरल्यान्डसँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?