ट्रेन्डीङ्ग

बर्दघाट कवि प्रतियोगिता:पत्रकारको कविता लेख्ने रोल्पाका टंक प्रथम

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट प्रज्ञा प्रतिष्ठानले पहिलो लुम्बिनी प्रदेश स्तरीय कवि प्रतियोगितामा पत्रकारको कबिता लेख्ने रोल्पाका टंक बहादुर झाक्री मगर प्रथम स्थान हासिल गरेका छन।

 

 

दोस्रो स्थान हुन सफल कपिलवस्तुका शिशिर बन्जाडे,तेस्रो स्थानमा हुन सफल नवीन अभिलासी उनी पत्रकार हुन भने शान्तवना पदमावती रिजाल सफल भइन।प्रतियोगितामा प्रथमलाइ २५ हजार र दोस्रोलाई २० हजार,तेस्रोलाई १५ हजार र शान्तवनालाइ १० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ।

 

 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले साहित्य समाजको दर्पण रहेको बताए।”साहित्य बिना समाज बिकास हुन सक्दैन समाज बिकास नभए सम्म देश बिकास हुन सक्दैन तसर्थ देश बिकास हुनका लागि साहित्यको बिकास हुनुपर्ने प्रदेशसभा सदस्य पाठकको भनाइ छ।”

 

 

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठाले लुम्बिनी प्रदेशका कबिहरुलाई नगरमा ल्याइ कविता प्रतियोगिता र कवि गोष्ठी गरेर नगरले थप उचाई हासिल गरेको बताए।त्यस्तै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले साहित्य समाजको ऎन मात्र नभइ समाज परिवर्तनको सम्बाहक रहेको बताए।

 

 

लुम्बिनी प्रदेश भित्र रहेका १२ वटा जिल्लाबाट ५१ वटा कविताले प्रतियोगितामा भाग लिएका थिए।जसमध्ये २५ जना कवीहरुले आफ्नो कविता प्रस्तुत गरेका थिए।प्रतियोगितामा श्याम प्रसाद न्यौपाने,कबिराज पौडेल र टिकाराम उसासी मगर मुल्यांकनकर्ता रहेका थिए।

 

 

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति घनश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा कवि गोष्ठीका संयोजक हुमनाथ आचार्यले स्वागत र संचालन सदस्य सचिब बामदेब अधिकारीले र धन्यवाद मन्तव्य उपकुलपति टीका बहादुर पहारीले व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?