सुनवल।मदन मनमोहन बाल क्लव,सुनवल ४ ले ट्राफिक सचेतना समवन्धि कार्यक्रम गरेको छ।पछिल्लो समयमा वढ्दै गइरहेको दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहित ट्राफिक सचेतना कार्यक्रम गरेको क्लवले जनाएको छ।
कार्यक्रमलाई सहजीकरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासी प्रमुख प्रशिद्धिका कण्डेलले ट्राफिक सम्वन्धि नियमहरु बारेमा वालवालिकाहरुलाई प्रशिक्षण दिएकी थिइन।
मदन मनमोहन बाल क्लबका अध्यक्ष क्षितिज सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने सुनवल नगरपालिकाका नगर उप प्रमुख सुर्य प्रसाद दुवेको विशिष्ट आतिथ्यतामा रहेको थियो।कार्यक्रममा उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, समाजसेवि मोहन कार्कि,विष्णु पौडेल लगाएतको उपस्थिती रहेको क्लबले जनाएको छ।
प्रत्येक शनिवारलाई रचनात्मक र सृजनात्मक क्रियाकलाप सहित हेप्पी शनिवार को रुपमा मनाउने गरि क्लवलाई अगाडि वढाएको संरक्षक रमेश नेपालीले बताए।
मायादेवी तालिम केन्द्रको सभाहलमा सम्पन्न भएको कार्यक्रम वाल क्लवका सचिव खुसी रोकाको संचालनमा भएको थियो।तालिममा ४५ जना वालवालिकाको सहभागिता रहेको थियो।