परासी।सुनवल नगरपालिका वडा नं १, वडा कार्यालयले नवनिर्मित प्रशासकिय भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।नगरको चालु आर्थिक वर्ष ०७९०८० को नीति,कार्यक्रम तथा बजेट अन्तर्गत वडाको प्रशासकिय भवन निर्माण गरिएको हो।
नवनिर्मित प्रशासकिय भवनको सोमवार नगर प्रमुख विमला अर्यालले उद्घाटन गरेकी हुन।सो कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले नगरपालिकाले नि:शुल्क शिक्षाको वारेमा आगामी शैक्षिक सत्र देखी कक्षा ३ सम्म निशुल्क शिक्षाको प्रयास गरिरहेको बताइन्।
उनले सवै वडा कार्यालयहरुले मुस्कान सहितको सेवा प्रदान गरी जनताको काम सहज र छिटो गर्न वडा कार्यालय एवं जनप्रतिनिधिहरु संग आग्रह गरेकी छ्न्।अर्यालले स्वास्थ्य शिक्षा तर्फ ल्याव स्थापनाका लागि भवन निर्माण भईसकेको र त्यसमा भिडियो एक्सरे,डाक्टर र इमरजेन्सी सेवा तत्काल सुनवलमा उपलब्ध गराउन प्रतिवद्ध रहेको र निकटमै सञ्चालन हुने बताइन।
उक्त ५ कोठे प्रशासकिय भवन एक कठ्ठा १५ धुरमा निर्माण गरिएको छ।भवनको कुल लागत ६५ लाख रहेको वडाअध्यक्ष मनबहादुर थापाले बताए।उनले हाल रहेको भवनमा स्थान अभावका कारणले विविध सेवाहरु प्रदान गर्न नसकिएको बताउदै नवनिर्मीत भवनमा अव वडा कार्यालयले प्रदान गर्ने सवै सेवाहरु प्रवाह गरिने जानकारी दिए।