ट्रेन्डीङ्ग

वेस्ट इन्डिजद्वारा नेपाललाई ३ सय ४० रनकाे लक्ष्य प्रस्तुत

काठमाण्डाै।आईसीसी एकदिवसीय विश्व कप क्रिकेट
छनाेटमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनकाे विशाल लक्ष्य दिएकाे छ ।

हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायाे । वेस्ट इन्डिजका शाई हाेप र निकाेलस पुरनले शतक बनाए । हाेप १ सय ३२ र पुरन १ सय १५ रनमा आउट भए । बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिए ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । नेपाल र वेस्ट इन्डिजले पहिलो पटक खेलिरहेका हुन् । वेस्ट इन्डिज दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्व कप च्याम्पियन हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal