ट्रेन्डीङ्ग

बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।जिल्लाको बर्दघाट नगरपालिका-५ बण्डाखोलामा बाइक दुर्घटना हुँदा सुस्ता गाउपालिका-२ का ओमनारायण चौधरीको मृत्यु भएको हो।

 

 




बाइक अनियन्त्रित भइ घाइते भएका ओम नारायणको उपचारका लागि मेडिकल कलेज भैरहवामा लगिएको थियो।उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले बताए।

 



उक्त बाइकमा सवार जयकिसन चौधरी र विशाल मुखिया घाइते भएको प्रहरीले जनाएको छ।घाइते दुईको अवस्था सामान्य रहेकोे र घटनाको अनुसन्धान भइ रहेको डिएसपी पाण्डेले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal