ट्रेन्डीङ्ग

मिस्टर एण्ड मिस नवलपरासीको तेस्रो अडिसन असार ९ गते

परासी।मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसन सकिएको छ।

पश्चिम नवलपरासीमै एक मात्र रहेको ४ तारे होटल ओरियनमा संचालन भएको मिस्टर एण्ड मिस नवलपरासीको दोस्रो अडिसनमा करिव ५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

जसमध्ये २५ जना छनौट भएको आयोजक पि प्रोडक्सनले जनाएको छ।

तेस्रो अडिसन संचालन गर्ने तयारीमा रहेको पि प्रोडक्सनले असार ९ गते तेस्रो अडिसन गर्ने अर्गनाइजनर प्रसान्त साहले जानकारी दिए।

पहिलो,दोस्रो र तेस्रो अडिसन गरि ५० जना छनौट गर्ने र छनौट सम्पन्न भएसँगै सहभागिहरुलाई मिस्टर एण्ड मिस नवलपरासीको लागी १ महिनासम्म विभिन्न तालिम तथा अभिमुखिकरणका कार्यक्रमहरु संचालन हुने आयोजकले जनाएको छ।

मिस्टर एण्ड मिस नवलपरासीका विजेताले आकर्षक पुरस्कार सहित नेश्नल लेबल सो लगायत विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?