ट्रेन्डीङ्ग

विश्वकप छनौट:नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाण्डौ।आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ।अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

 



नेपालका भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाए।त्यस्तै, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान ३९ रन बनाए।

 



यस अघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो।उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए।



बलिङतर्फ नेपालका करण केसीले ४,गुल्सन झाले ३,दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?