ट्रेन्डीङ्ग

परासीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० नदवामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ।खेतमा काम गरीरहेका ४० वर्षीय बिनोद कोहांरको चट्याङ्ग लागी मृत्यु भएको हो।

 

चट्याङ्ग लागी घाईते भएका कहांरको उपचारको लागि रुपन्देहीको भैरहवा सिटी अस्पतालमा लगीएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले बताए।

 

मृतक कहांर पाल्पा जिल्लाको पुर्वखोला गाउंपालिका ५ को विरकोटमा रहेको विरकोट आर्युवेर्दीक औषधाालयको कविराज निरिक्षक पदमा कार्यरत थिए।मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा राखीएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?