ट्रेन्डीङ्ग

अहिरौलिमा गाउलेस्थरिय फुटबल प्रतियोगिता शुरु

फागुन २२ परासी ।

रामग्राम नगरपालिकाको अहिरौलिमा आज फागुन २२ गते देखि २७ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित फुटबल प्रतियोगिता सञ्चालन भएको छ ।

पश्चिम् नवलपरासीको रामग्राम वडा नम्बर १४ भुस्नापुर स्थित खेल मैदानमा हुदै गाउँलेस्तरिय फुटबल प्रतियोगिता आज शनिबार आयोजित फुटबल प्रतियोगिता ।

अहिरौली टोल बिकास समितिद्वारा आयोजित कार्यक्रम टोल बिकासका अध्यक्ष दल बहादुर पासिको अध्यक्ष्यता लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख आतिथित्व ,रामग्राम नगरपालिका वडा न: १४ का अध्यक्ष पारस नाथ चौधरीको विशिष्ट आथित्यता र प्रकाश यादव , रमेश पासी रामग्राम नपा वडा न:१४ का नेपाली काङ्ग्रेस सभापति ठागे यादव लगायतको उपस्थिति रहेको थियोे ।

प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार रुपैयाँ नगद , दितिय पुरस्कर १० हजार नगद र तृतीय पुरस्कर ५ हजार रहेको छ। उत्कृष्ट खेलाडीले मेड्ल तथा प्रामण पत्र प्राप्त गर्ने छन् ।प्रतियोगितामा १६ टिमको सहभागी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?