![](https://safalpost.com/wp-content/uploads/2023/06/Picsart_23-06-13_10-38-02-344.jpg)
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रुपन्देही जिल्लाको देवदह नगरपालिका जोड्ने कजरार पुल ८ वर्षमा पनि बन्न सकेको छैन।२०७३ सालमा मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण सुरु भएपनि ठेकेदारको लापरबाहीको कारणले पुल निर्माण सम्पन्न हुन सकेको छैन।
पुर्व-पश्चिम राजमार्गबाट करिब ५ कि मि दक्षिण तर्फ रहेको सुनवल ७ उखुबारीदेखि देवदहको केरवानी आवतजावत गर्ने बाटोमा पर्ने कजरार नदिमा बिगत ८ वर्षदेखि निर्माण गर्न लागिएको पुल ठेक्का पाएको निर्माण कम्पनीको लापरबाहीको कारणले समयमा निर्माण सम्पन्न हुन नसक्दा वर्षातको समयमा खोला वारपारको गर्न १० कि.मि भन्दा बढी यात्रा गर्नुपर्ने बाध्य भएको स्थानीय बाध्य छन।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बुटवल रुपन्देहीद्वारा (संघिय) करिब ६ करोड ६४ लाख बराबरको लागानिमा २०७५ असोज २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने भनि २०७३ भदौ ७ गते सम्झौता गरेको थियो।सम्झौता गरेको २ बर्षमै विभिन्न बाहना बनाएर २०७८ चैत्र २८ सम्म निर्माण सम्पन गर्ने गरि म्याद थपेको थियो तर म्याद सकिएको थप ५ वर्ष पनि निर्माण सम्पन्न हुन सकेको छैन।
पटक पटक म्याद थप गर्ने तर काम गर्दै आलटाल गर्दै आएको निर्माण कम्पनीलाई दोश्रो पटक २०८० असार ३० गते सम्मलाइ निर्माणको म्याद थपिएको छ डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्साल बताए।लम्सालले भने निर्माण व्यवसायीले समयमा काम नगर्दा पुल निर्माणको काम पुरा हुन सकेको छैन। सार्वजनिक खरिद ऐनको बिभिन्न ऐन आउँदा ठेकदारलाई कारवाही गर्न नमिलेकोले असारसम्म काम नसके कालो सुचीमा राख्ने सडक विभागको चेतावनी छ।
सडक डिभिजन कार्यालय बुटवलले पनि प्रभावकारी अनुगमन नगरेको स्थानीयको गुनासो।निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा कार्यालयले खासै वास्ता नगरेको स्थानीयको आरोप छ। केवल कम्पनीलाई आरोप लगाएर सडक डिभिजन कार्यलय उम्कन खोजेको स्थानीहरू बताउँछन।ठेगदार कम्पनीका सुपरभाइजर पंकज राज पाण्डे पनि बिभिन्न चरणमा सडक डिभिजन कार्यालयले बजेट निकासी नगरिदिँदा काम रोकिएको बताउँछन।
सडक डिभिजन कार्यलयले समयमा भुक्तानी नगर्दा निर्माणले गति लिन नसकेको निर्माण कम्पनीका सुभरभाइजर पंकजराज पाण्डे बताए।पाण्डेले ढलानको काम सकिएको छ अब दायाबाया माटो हाल्ने ग्याबिंग उठाउने यहि बर्खामा वारपार गर्न दुई पान्ग्री र हलुका सवारी साधन वारपार गर्ने गरि काम अगाडी बढाएको भने हालसम्म जम्मा ७० प्रतिशत काम सकिएको बताएका छन।
कुल ६ करोड ६६ लाखको लागतमा निर्माण सुरु गरिएको पुल ४२ मिटर लम्बाइको रहेको छ नेपाली काङ्ग्रेस रूपन्देहीका सभापति तथा प्रदेश सांसद अब्दुल रज्जाकले पुलको शिलान्यास गरेका थिए।