सुनवल।अमेरिका बस्दै आएकी सावित्री शर्माले हजुरबा-आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेकी छन।अमेरिकीमा रहेको क्यान्सर अस्पतालमा नर्सको रुपमा कार्यरत सावित्री शर्मा सहित उनका श्रीमान मनोज लामिछानेले पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १३ रहेको धान्याचल महायज्ञ माविमा एक लाख एघार हजार १ सय ११ रुपैया बराबरको अक्षयकोष स्थापाना गरेका हुन्।
अक्षय कोषको रकम नगद रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्दै सावित्रीले भनिन हजुरबाआमाको स्मृतिमा आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ।सावित्री धान्याचल महायज्ञ माविकि पुर्व विद्यार्थी हुन्।
सुनवल नगरपालिकाका प्रवक्ता एव वडा -१३ का वडाध्यक्ष कृष्ण प्रसाद बगालेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्यौपानले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्याउने प्रतिबद्धता जनाए ।