प्युठान।प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।स्वर्गद्वारी दर्शन गरेर फर्केको लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका-४,उपल्लो भिङ्ग्रीमा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।
गाडीम २ महिला २ पुरुष र ४ बालबालिका गरि ८ जना सवार रहेको प्रहरीले जनाएको छ।अहिलेसम्म एक जना लमही-५ दाङका टंक कुमालको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ज्यान गुमाएकाहरुलाई उद्धार गरेर पोस्टमार्टमका लागि अस्पताल लगिँदै गरेको स्वर्गद्वारी नगरपालिका-५ का वडा अध्यक्ष गिरबहादुर घर्ती मगरले बताए।