सुनवल।महाकवि देबकोटा नमुना माबी सुनवल ४ ले वडा नम्बर ९ मा अवस्थित मदरसालाई पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण गरेको छ।नमुना बिधालयको सुचक अन्तर्गत फिडर बिद्यालयलाई फर्निचर सहित पाठ्यपुस्तक हस्तान्तरण गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताए।त्यस्तै सोही कार्यक्रममा महाकवि देबकोटा नमुना माबिले मुलपानी सामुदायिक वनमा खानेपानी फिल्टर ब्यवस्थापनको लागि प्रस्ताव पेस गरेको अध्यक्ष अर्यालले बताए।
पाठ्यपुस्तक सहित फर्निचर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी मुलपानी सामुदायिक बनका अध्यक्ष यज्ञ प्रसाद पान्डेले महाकवि देवकोटाले मदरसालाई गरेको सहयोग अत्यन्तै सरहानिय रहेको भन्दै महाकवी देवकोटाको स्वच्छ खानेपानी ब्यवस्थापन मा सहयोगको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे।
त्यस्तै सुनवल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनिले फर्निचर र पाठ्यपुस्तक देबकोटा विद्यालयले सहयोग गरेको प्रति आभार ब्यक्त गर्दै समाजमा रहेका सबै सँघ सँस्था एक अर्काको परिपुरक भै समाज रुपान्तरण गर्नु पर्ने बताए।
त्यस्तै फर्निचर र पाठ्यपुस्तक सहयोग गरेकोमा मदरसाका अध्यक्ष सतार मियाले महाकवि देवकोटा नमुना माबिलाई धन्यवाद दिए।
शिक्षक अभिभावक सघंका अध्यक्ष डिल्लीराम शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा बिधालय ब्यवस्थापन समिती सदस्यहरु,शिक्षक अभिभावक सघंका सदस्यहरु मदरसाका प्रध्यानाध्यापक लगायतको उपस्थिति रहेको थियो।