ट्रेन्डीङ्ग

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर वालिकाको मृत्यु

परासी।पश्चिम नवलपरासीको रामग्राममा रहेको एक पोखरी डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन।

 

 

रामग्राम नगर पालिका-१० नदुवा स्थिति श्री निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा ११ बर्षिय युनिषा खत्रीको निधन भएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रहरीका अनुसार फौडी खेल्ने क्रममा खोटाङ घर भइ रामग्राम बस्दै आएका लेखराज खत्रीका दुई छोरी युनिषा खत्री र मुना खत्री पौडी खेल्ने क्रममा घाइते भएका थिए।

 

 

घाइते दुई बालीकालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएकोमा उपचारका क्रममा ११ बर्षिय युनिषा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।

 

घाइते ७ बर्षिय मुना खत्रीको थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरीएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?